(१) निर्देशक समितिको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) निर्देशक समितिको बैठकको सूचना र छलफल हुने विषय त्यस्तोबैठक बस्ने समयभन्दा सामान्यतया चौबीस घन्टा अगावै सचिवले सदस्यलाई उपलब्ध गराउनेछ ।
(३) निर्देशक समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरुउपस्थित भएमा निर्देशक समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) निर्देशक समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ ।
(५) निर्देशक समितिको बैठकको निर्णय उपस्थित सदस्यहरुको बहुमतबाट हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(६) निर्देशक समितिले आवश्यकता अनुसार नेपाल सरकारका कुनै पदाधिकारी, कुनै निकाय वा संघ, संस्थाका प्रतिनिधि वा विज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(७) निर्देशक समितिको बैठकको निर्णय सचिवले प्रमाणित गर्नेछ ।
(८) निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि निर्देशक समिति आफैले निर्धारण गरे बामोजिम हुनेछ ।